Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

Tuesday, May 3, 2011

"मेरी आमा - gazal"

यसपाली नि चरण छुने इच्छा कुने भयो आमा |
भगवानको दर्शन नपाइ भक्त रुने भयो आमा ||

स्याहार-सुसार गर्नु भयो आफ्नो जीवन भुली
हजुरको गुणले गगन नै छुने भयो आमा |

हजुरको दशमा एक धारा दुधको ऋण तिर्न
आफ्नै मन-मुटु काटी माला उने भयो आमा | 

यदि कुनै भगवान भए हरेक सृष्टि भित्र
संसार बाटै नम्बर एक मा चुने भयो आमा |

यात्री बनि मन्दिर को ढुंगा पुज्न धाउनु भन्दा
हजुरकै चरण लाइ पुजे हुने भयो आमा ||

कुमार यात्री 

Friday, April 29, 2011

"प्रियसीको यादमा दुख्ने मुटु "

झुकाउनै परे शिर केवल झुकोस देशको लागि |
प्रियसीको यादमा दुख्ने मुटु दुखोस  देशको लागि |

तिमि मेरो जिन्दगि हौ अनि जीवन जिउने आधार
यस्तो बचन वाण हरु केवल फुकोस देशको लागि |

धोकेबाजको यादमा हर दिन तड्पीएर चैत लाग्दा
मुल्यवान आँशु हरु केवल सुकोस देशको लागि |

निष्ठुरी लाइ प्रेम गरि बिचमै धोका खानु भन्दा
मन भित्र माया-प्रेम केवल लुकोस देशको लागि |

प्रियसी लाइ नपाएमा बिष पिएर मर्छु भन्ने
प्रण अन्त्य गर्ने बाचा केवल चुकोस देशको लागि |

धोका पाउदा हात काटी रगत बगाउनु भन्दा
मेरा थोपा-थोपा रगत केवल सुकोस देशको लागि |
कुमार श्रेष्ठ

Tuesday, April 26, 2011

गजल......

 
एकोहोरो रैछ मेरो माया दोहोरो भा'को भए
किन खोज्यौ हिसाब ऐले चोखो माया ला'को भए    

बदलिएकी छैन म तिमी आँफै मोडिदैछौ
गए हुन्छ बिदा दिन्छु उता धेरै पा'को भए 

नाना भाती कुरा तिम्ले गर्नु अब पर्या छैन  
हासी हासी स्वीकार गर अवसरै आ'को भए

गर्छौ अरे कुरा खुबै हिरा मोती मोटरका
देखाउ बही तिर्छु बरु कर्जा मैले खा'को भए

एकोहोरो रैछ मेरो माया दोहोरो भा'को भए
किन खोज्यौ हिसाब ऐले चोखो माया ला'को भए
डम्बर सुबेदी

Monday, April 25, 2011

नदी सरी मेरा आसुँ


नदी सरी मेरा आसुँ बग्दा खेरि पनि तिमी|
हेरि रह्यौ उभिएर मुर्ति जस्तै बनी तिमी | 

जिन्दगीमा कति दियौ चोटै मात्र सधैँ भरि
सक्छौ भने आफै सम्झी हेर न त गनी तिमी|

दु;ख सुख सघर्षमा पाएको त्यो मेरो साथ
बिर्सिएछौ क्यारे तिम्ले सोच्यौ एक्लै धनी तिमी |

खुकुरीको चोट मात्र अचानोले बुझेको छ
नभन भो अझै मेरो गल्ती छैन भनी तिमी|

दुनियाँको अगाडी त देउता झैँ बन्दै हिड्छौ
मेरा लागी भयौ किन? बिग्रिएको शनि तिमी |

-रिमा साइराम (सापकोटा)

Sunday, April 24, 2011

गजल-३१

जहाँ फुलें त्यहीँबाट झर्न चाहन्नँ
देशको ऋण नतिरेर मर्न चाहन्नँ

जस्तो डाली त्यस्तै फूल तर फुल्छु म
लोभिएर अर्कै डाली सर्न चाहन्नँ

विचार मेरो संपत्ती हो यस्मै रम्छु म
भोकै हुँला तर घाँस चर्न चाहन्नँ

सीमानामा ढुङ्गा भन्छन् आमा देख्छु म
आमा बेच्ने खुनी व्यापार गर्न चाहन्नँ

मान्छेभन्दा माथि कुनै प्राप्ति हुँदैन
खोला सम्झी तातो रगत तर्न चाहन्नँ

ढुक्ढुक गर्छ ढुक्ढुकीले सत्य समाचार
न्याय कुल्ची अन्यायमा पर्न चाहन्नँ

वादविवाद बोली भाषण मेरो सर्वस्व
बोल्नेमाथि कैल्यै दागा धर्न चाहन्नँ

यो उर्वरा धर्ती मेरो शस्यश्यामला
दुवो सार्ने भुइँमा नून छर्न चाहन्नँ

ओलाङ्चुङ र टिङ्कर भञ्ज्याङ चर्चर चिरेर
काठमाण्डौको घ्याम्पे पोल्टो भर्न चाहन्नँ
नवराज लम्साल
रेडियो नेपाल

Tuesday, March 29, 2011

बतास ठूलै अब चल्न थाल्यो

बतास ठूलै अब चल्न थाल्यो
इमानको त्यो रुख ढल्न थाल्यो

यता न आउ म त अग्निज्वाला
फलाम भन्ने पनि गल्न थाल्यो

गुलाव भन्ने कि गुराँस भन्ने
नयाँ-नयाँ रङ बदल्न थाल्यो

चलाख ठान्थौं भन आज के भो ?
न जिन्दगीले पनि छल्न थाल्यो

म देख्छु धूँवा न भनेर के भो ?
यहाँ कसैको दिल जल्न थाल्यो ।
शीतल कदम्बेनी
 

Sunday, March 20, 2011

जमाना खराब छ

मान्छेहरुको आफ्नै चाहना खराब छ 
भन्न त भन्दछन् सब जमाना खराब छ| 

तीर हुन् कि हुन् ती दृष्टि यो छातीमा गड्दछन् 
देख्दै छु आँखाहरुकै निशाना खराब छ| 

बाहिर हेर्दा एउटा भित्र छ अर्कै रुप 
बुझ्नै छ गारो गारो बहाना खराब छ| 

शंका छ पिरतीमा शंका जता ततै 
मिलौँ सकिन्न मिल्न सिमाना खराब छ| 

डा. कृष्ण  हरि  बराल 
(Vocal: Nisha  Deshar, Music Composition: Gaire Suresh, Album: Lokarpan)

गजल

हात बाँधी बस्नु हुन्न,काम गरी देखाउ नारी
 हकअधिकार बराबरी,संविधानमा लेखाउ  नारी

 धैर्यवती नाम तिम्रो,साहसिली बनी   सधैं
 असमानता समाजको,जरै देखि मेटाउ नारी

सधै पुज्ने चन्द्रपनि,भेट्न सक्छौ चाहे देखि
त्यसैले त अघि बढी,तिम्रो चन्द्र भेटाउ नारी

हीन बोकी किन तिमी,पीडित बन्छौ सधैंभरि
हेप्ने जन मानसमा,काली बनी चेताउ नारी

उठ्नु पर्छ कम्मर कसी ,एक जुट हुँदै अब
अन्यायको बिरोधी भै,दुखी आत्मा सेकाउ नारी

 इन्द्रिरा प्रयाश

देशै जल्न थाले पछि


देश भित्र अन्यायको आगो बल्न थाले पछि
उठ्नु पर्छ एकजुट भइ, देशै जल्न थाले पछि 

अत्याचारले
 सिमा नाघे, हामी माथि घात गरे
सहि बस्न हुन्न अब, सिधै छल्न थाले पछि  

अप्ठ्यारोमा
 पर्दैछ देश, स्वाभिमान हराउँछ कि
शान्ति छाडि विदेशीको पाउ मल्न थाले पछि

चेतनाको कमि भए, संरचना भत्काउँदै
छिमेकीको इशारामा उनै चल्न थाले पछि 

हिम्मत अझै बाँकी नै , बीर नेपाली गोर्खालीको
देखाउनै पर्ने भयो, देशै ढल्न थाले पछि 

जागेों उठेो नेपाली हो, देश हामी सबैको हो
देश भित्रै अशान्तिको बीउ फल्न थाले पछि 
हरि मानन्धर "विवश"

यहाँ............

दुख पाउँछन् चाहिनेभन्दा, जान्नेहरु यहाँ !
सबैलाई आफू जस्तै, ठान्नेहरु यहाँ !!

सधैं पर्छन् पेलिनेमा, सोझा सिधामात्रै !
अह्राउनेका सबै कुरा, मान्नेहरु यहाँ !!

हुनैपर्छ सोच्न बाध्य, परिश्रमी पनि !
अघि सरी गाह्रो काम, छान्नेहरु यहाँ !!

हिँडनुपर्छ रुँदै रुँदै, उपकारी बन्दा !
फसेकालाई हात समाइ, तान्नेहरु यहाँ !!

पछुताउँछन् धोखा पाइ, रुन्छन् एकान्तमा !
चरित्रवान बन्न मनलाई, बान्नेहरु यहाँ !!

कहलिन्छन् महान् उनै, हुन्छ जयजय !
छाडिएको साँढे जस्तै, हान्नेहरु यहाँ !!
नील खड्का 
सगरमाथा टेलिभिजन

 

Friday, March 18, 2011

गजल

आतुर छन् यी कानहरु, सक्छौ चाँडै जवाफ देऊ । 
या त मिल्काऊ मेरो गुलाब, या बदलामा गुलाब देऊ ।

पिलाएर नजरबाट, बानी पार्‍यौ तिम्रो मलाई, 
नशा काट्न त्यो नशाको, अर्को कुनै शराब देऊ ।

लक्ष मेरो अब तिमी, बाँकी सबै भुली सकें, 
पुरा गरोस् चाह मेरो, पत्थर मनलाई दबाब देऊ । 

 एक्लो यात्रा अनेक बाधा, भौतारिन्छु यता उती,  
बहँदैछ 'जीवन' उल्टो, यस्लाई सही बहाव देऊ । 
 जितेन्द्र मल्ल

Thursday, March 17, 2011

बाँच्न सिकेँ !


घात गर्दा निष्ठुरीले, ठीकै भयो बाँच्न सिकेँ !
पीर व्यथा आफैंसँग, ठीकै भयो साँच्न सिकेँ !!

रुप अनेक निर्मोहीका, गाह्रो हुने चिन्न यहाँ !
घातसँगै सही गलत, ठीकै भयो जाँच्न सिकेँ !!

बितेका दिन सम्झिएर, कमजोर हुनु किन अब !
मर्काएर कम्मर पनि, ठीकै भयो भाँच्न सिकेँ !!

धोका पाउँदा मर्न खोज्छन्, कतिपय पागलप्रेमी !
विरहका गीतमा पनि, ठीकै भयो नाच्न सिकेँ !!
-नील खड्का
सगरमाथा टेलिभिजन
अनामनगर, काठमाडौं ।

Wednesday, March 16, 2011

"एउटा प्रस्न भगवानलाई"

दुनिया लाई दुर  गर्न बहाना बनायौ |
चाहेको नपाउने भए किन चाहाना बनायौ ?

यहाँ मान्छे को मोल नहुँदा,मायाको कदर नहुँदा
सारा पिडा लुकाउने माया को छाना बनायौ |

चेतनशील प्राणी भनि मन दियौ मुटु दियौ
अनि सारा खुसि काटी चाना-चाना बनायौ |

मनको कुरा मनमै राख्नु  भनि इख दिइ  
दुनियाको सामु तर खाली पाना बनायौ |

दुख छोप्न साहास अनि खुसि ढाक्न मन दिई
भोक मेट्न आँशु लाई खाना बनायौ |
एउटा  प्रस्न भगवान लाई, किन चाहाना बनायौ ??
 -कुमार यात्री