Showing posts with label रोचक जानकारी. Show all posts
Showing posts with label रोचक जानकारी. Show all posts

Thursday, April 28, 2011

ल्यापटप तथा मोबाइललाई वनस्पतिले चार्ज गर्ने कि ?

हालै प्रकाशित एक अनुसन्धान अनुसार वैज्ञानिकहरुले बजारमा पाईने रासायनिक व्याट्री कै
काम गर्ने जैविक व्याट्रीको विकास गर्न सक्षम भएका छन् । उक्त व्याट्रीको उत्पत्तिले ल्यापटप,
मोबाइल तथा अन्य विद्युतीय उपकरणहरु सोडा मिसाएको चिनीपानी वा वनस्पति घ्यूले पनि
रिचार्ज गर्न सकिने भएको छ ।
अमेरिकी रसायन समाजको २४० औं राष्ट्रिय सम्मेलनमा
University of South Louis, Missouri
का वैज्ञानिक डा. सेली मिन्टीरले उक्त उपकरणको विवरण दिंदै भन्नुभयो "यो
जैविक व्याट्रीले उत्पादन गर्ने विद्युतको प्राविधिक पृष्ठभूमि मानिस तथा अन्य जीवमा ऊर्जा
उत्सर्जित हुने विधिमा नै आधारित छ ।" उक्त व्याट्रीको पहिलो पटक सार्वजनिक प्रर्दशन गर्दै
डा. मिन्टीर अगाडि भन्नुहुन्छ । "यदि यो उपकरणलाई अझै परिमार्जित तथा विकास गर्न
सकियो भने हाल बजारमा पाइने साधारण तथा रिचार्ज गर्न मिल्ने व्याट्रीलाई विस्थापन गर्न
सकिन्छ ।"
जिवित प्राणीमा ऊर्जाको स्रोत अर्बौ संख्यामा हुने कोषका भित्री अंगहरु माइटोक्रोन्ड्रिया
(Mitochondria)
हुन् । यी माइटोकोन्ड्रियालाई कोषको शक्ति केन्द्रको रुपमा लिइन्छ । डा. मिन्टीर र उनका समूहले विकास गरेको जैविक व्याट्री पनि यही माइटोकोन्ड्रियाले उत्सर्जित गर्ने ऊर्जामा आधारित रहेको छ । माइटोकोन्ड्रियाले कोषमा संकलित खाद्य क्यालोरीलाई रसायनिक ऊर्जामा रुपान्तरण गर्दछ । सो प्रक्रियामा रसायनिक अवस्थामा रहेको चिनी,
बोसोलाई
Pyruvate
मा बदली
ATP (Adenosine triphosphate)
बनाउँछ, यही ATP नै कोषमा
ऊर्जाको अवस्था हो जुन प्राणीको शरीरलाई चाहिएको बखत ऊर्जाको रुपमा परिचालित हुन्छ ।
जीवहरुमा खाद्य वस्तुहरु जस्तै चिनी, बोसोबाट ऊर्जा उत्पन्न गर्ने यही विधि नै जैविक
व्याट्रीद्वारा ल्यापटप र मोबाइलमा इन्धन भर्ने सिद्धान्त हो ।
डा. मिन्टीरका अनुसार माइटोकोन्ड्रियाबाट निर्मित जैविक व्याट्रीमा माइटोकोन्ड्रियाको पातलो
तहलाई दुईवटा इलेक्ट्रोडको बीचमा राखिन्छ । यसरी राखिएको इलेक्ट्रोडहरुमा एउटा इलेक्ट्रोड वायु प्रवेश गर्न
सक्ने किसिमको हुन्छ । यसरी बनाइएको जैविक व्याट्रीमा जैविक इन्धनहरु
जस्तैः चिनी, बोसो वा अल्कोहल र अक्सिजन दिइयो भने यसले क्रमिक रुपमा विद्युत उत्पादन
गर्दछ । साधारण व्याट्री भन्दा फरक यस्ता व्याट्रीको चार्ज सकिदैन् । इन्धन र अक्सिजन
रहेसम्म जैविक व्याट्रीलाई रिचार्ज गरिरहनु पर्दैन ।
डा. मिन्टीर अगाडि भन्नुहुन्छ "यस किसिमको जैविक इन्धन व्याट्रीहरु नयाँ भने होइनन् ।
वैज्ञानिकहरुले प्रकृतिका प्राकृतिक सिद्धान्त अनुसरण गरी विभिन्न जैविक इन्धन व्याट्री बनाएका
छन् । " तर यसरी माइटोकोण्ड्रियाको प्रयोग गरी बनाइएको जैविक व्याट्री यो नै पहिलो हो ।
यसरी विकसित भएको जैविक व्याट्री ल्यापटप र मोबाइलको व्याट्री बाहेक पनि विभिन्न क्षेत्रमा
उपयोगिता हुन सक्ने देखिएको छ । विशेष गरी ताररहित तापक्रम सचेतक, चाल सचेतक,
गाडी तथा वाहन निगरानी राख्न् । यसै गरी लुकाइ राखेको विष्पोटक पदार्थ पत्ता लगाउन पनि
यसको उपयोग हुन सक्ने देखिएको छ ।


- रविन्द्र पाण्डेय
(विज्ञान लेखामालाबाट)
http://science-ans.blogspot.com/

Monday, March 21, 2011

मोबाइलको प्रयोगले हराए भँगेरा

तपाईंले भँगेरा देखेको कति भयो? सायद धेरै नै। घरका बार्दली र कौसीमा छरिएका अन्न टपक्क टिप्ने र चिरबिर चिरबिर आवाज निकाल्ने यो मसिनो चरो हराउँदै गएको छ। मोबाइल फोन भँगेराको संख्या घटाउन मुख्य जिम्मेवार देखिएको छ।
मान्छेसँग नजिकिएर बाँच्न चाहने यो चरा घट्दै गएपछि वर्षमा एक दिन यसैको संरक्षणबारे चिन्ता गर्दै 'विश्व भँगेरा दिवस' मनाउन थालिएको छ। आइतबार यो दिवसका बेला अन्यत्र थुप्रै कार्यक्रम भए पनि नेपालमा कुनै चिन्ता प्रकट गरिएन।
सहरी क्षेत्रको प्रदुषण, बढ्दो विषादीको खपत र यसको बासस्थान नासिनुका साथसाथै मोबाइल फोनका टावरहरू यसको संख्या घटाउन मुख्य जिम्मेवार देखिएको तथ्य त्यस अवसरमा सार्वजनिक भएका छन्।
मोबाइल फोनलाई उपग्रहसँग जोड्ने 'इलेक्ट्रो म्याग्नेटिक रेडिएसन' भँगेरा विनाशको मुख्य कारण हो। बेलायतको ब्रिस्टल विश्वविद्यालयमा गरिएको एक परीक्षणबाट यस्तो विकिरणले भँगेराको उड्ने बेलामा दिशा ठम्याउने शक्ति र यसको अण्डा कोरल्ने प्रकृया दुबैलाई प्रभाव पार्ने गर्छ। यसले जीवित भँगेराको बाँच्ने आधार र यसको प्रजनन् दुवैलाई प्रहार गरेपछि भँगेराको अस्तित्व खतरामा पर्न थालेको हो।
बेल्जियमको 'रिसर्च इन्स्स्टिच्यूट फर नेचर एण्ड फरेस्ट'ले त अनुसन्धानपछि तोकेरै भँगेरा घट्दै जानुको मुख्य कारणमा मोबाइल फोनका तरंगहरूलाई औंल्याएको छ। उसका अनुसार सहरी क्षेत्रमा मौरीको संख्या घट्नुका कारणमा पनि भँगेरा जस्तै मोबाइलको विकिरण दोषी छ।
'केहीयता नेपालमा भँगेराको घट्दो संख्या महसुस हुन थालेको छ,' पन्छी संरक्षण संघका प्रमुख कार्यकारी अधिकृत हुमबहादुर गुरुङ भन्छन्, 'प्रकृति संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय संस्था (आईयुसिएन)ले यसलाई वर्गीकरण गर्दा खतराको सूचीमा नराखेकैले संरक्षणमा हामीकहाँ बढी चिन्ता देखिएको छैन।' गुरुङका अनुसार त्यसैले गर्दा पनि आइतबार सारा विश्वले यो १५ सेन्टीमिटर आकारको चराको भविष्यबारे चिन्ता लिइरहँदा नेपालमा यसको वास्तै भएन।
बेलायतको 'रोयल सोसाइटी अफ प्रोटेक्सन अफ वर्डस्'ले अध्ययनपछि यो चरालाई लोप हुनलागेको प्रजातिमा राखिसकेको छ। छिमेकी भारतमै पनि हालै आन्ध्र विश्वविद्यालयले गरेको अध्ययनपछि यो चराको संख्यामा ६० प्रतिशतले कमी आएको पाइएको छ।

सहरी क्षेत्रको विस्तारका क्रममा यस्ता घरेलु चराहरु कसरी जोगाउन सकिन्छ भन्ने हिसाबले भवनका डिजाइन र आवास क्षेत्रको परिवेश तयार पारिनु पर्ने सुझाव गुरुङको छ। 'बिजुलीको हाइटेन्सन लाइन नजिकैको तरङ्गले पनि उड्दै गरेको चरा मर्न सक्छन् भन्ने थाहा छ,' दूर सञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनाल भन्छन्, 'त्यसका आधारमा मोबाइलको बेस स्टेशनको तरङ्ग शक्तिले मान्छेमा लामो समय लगाएर प्रभाव पार्ने भए पनि भँगेरा जस्ता साना चरालाई तत्काल असर गर्ने तर्कमा सहमत हुन सकिन्छ।'

आवासीय र वृक्षका गरेर काठमाडौंमा दुई प्रकारका भँगेरा रहेको चराविज्ञ हेमसागर बराल बताउछन्। आवासीय भन्दा पनि वृक्षका भँगेराहरू पछिल्लो समयमा बढी खतरामा पर्न थालेका छन्। घरमा पाइने भँगेरामा तत्काल नयाँ परिस्थिति अनुकूल आफूलाई ढाल्न सक्ने शक्ति हुनु र वृक्षका भँगेरामा त्यो नहुनु प्रमुख कारण रहेको उनको निर्क्यौल छ।

Thursday, March 17, 2011

केहि कम्प्युटर सम्बन्धि जानकारी

कम्प्युटर सम्बन्धी केही उपयोगी टिप्स
Scroll Bar को साइज(Width)बढाउने वा घटाऊनलाई
१ Desktop मा Right क्लिक गर्नुस् र Properties मा क्लिक गर्नुस्
२ Appearance Tab मा क्लिक गर्नुस्
३ Advanced Tab मा क्लिक गर्नुस्
४ Item मा Scrollbar चुज गर्नुस्
५ अब Size बढाउने हो या घटाऊने हो Amount राख्नुस्
६ ok , ok

Desktop बाट Recycle Bin लाई हटाउन चाहनु हुन्छ भने
१ Start मा क्लिक गर्नुस् अनी Run मा क्लिक गरेर Regedit टाइप गर्नुस् र Enter थिच्नुस्
२ त्यसपछि HKEY_Local_Macine \ Software \ Microsoft \ Windows \ Current Version \ Explorer \ Desktop \ Namespace
३ Namespace को "+" मा क्लिक गर्नुस्
४ 645FF040-5081-101B-9F08-00AA002F954E मा क्लिक गर्नुस्
५ दाँया पट्टीको Default लाई डबल क्लिक गर्नुस् र Value Data को Recycle Bin लाई हटाइदिनुस्
६ आफ्नो कम्प्युटरलाई Re Boot गर्नुस् ।

तपाईं आफ्नो Folder लाई Invisible बनाउन चाहनु हुन्छ भने
१ कुन Folder लाई Invisible बनाउन चाहनु भएको हो त्यो Folder लाई Highlight गर्नुस्
२ Right माउस क्लिक गर्नुस् र Rename मा क्लिक गर्नुस्
३ Alt कि लाई थिची 0160 टाईप गर्नुस्
४ तपाईंको Folder को नाम हराइसकेको हुनेछ
५ अब उक्त Folder लाई Right क्लिक गर्नुस् , Prperties \ Customize \ Change Icon मा क्लिक गर्नुस् ६ त्यहा थुप्रै Icon हरुको लिस्ट छ , Scroll Bar लाई अली अली गरेर सार्दै जानुस् , त्यहा केही खाली ठाउँ देख्ननु हुन्छ त्यो खाली ठाउलाई क्लिक गर्नुस् र ok,ok गर्नुस्
७ तपाईंको Folder अब गाएब भयो । अब त्यो Folder लाई तपाईंले मात्र थाहा पाउने ठाउमा लगेर राख्न सक्नु हुन्छ ।
८ तपाईंले फेरी अर्को Folder लाई पनि यस्तै गर्न चाहनु भयो भने errorrenaming file or folder भन्ने मेसेज आउछ त्यसको लागि अर्को Folder लाई Rename गर्दा एक चोटि Space बार थिचेर अनी Alt कि थिचेर 0160 राख्दा हुन्छ । यसै गरी अरु Folder हरु पनि यस्तै गरी बनाउन सक्नु हुन्छ ।

Task bar लाई Auto Hide कसरी गराउने
१ Task bar को खाली ठाउमा Right क्लिक गर्नुस्
२ Properties मा क्लिक गर्नुस्
३ AutoHide मा टिक मार्क लगाइदिनुस्
४ ok गर्नुस्

My Computer बाट Manage लाई Hide गर्न चाहनु हुन्छ भने
१ Start \ Run \ Regedit खोल्नुस्
२ अब HKEY_CURRENT_USER / Software / Microsoft / Windows / CurrentVersion / Policies / Explorer
३ अब दाँया पट्टी खाली ठाउमा Right क्लिक गर्नुस् र New Dword Value मा क्लिक गर्नुस् । नाम राख्नुस् NoManageMyComputerVerb
४ Value Data लाई 1 राखी दिनुस्
५ computer लाई Reboot गर्नुस्

कम्प्युटरलाई Shutdown गर्ने Shortcut बनाउन चाहनु हुन्छ भने
१ Desktop मा Right माउस क्लिक गर्नुस्
२ New \ Shortcut
३ नाम राख्नुस् rundll32.exe वा PowrProf.dll वा SetSuspendState यि तीन मध्य कुनै पनि एक नाम राख्नुस्
४ अब तपाईंले बनाउनु भएको यो Shortcut लाई तपाईंले क्लिक गर्नु भयो भने तपाईंको कम्प्युटर आँफै Shutdown हुनेछ

Task Manager लाई Enable या Disable गर्ने
१ Start \ Run \ Regedit
२ Regedit भित्र HKEY_CURRENT_USER\Software\Microsoft\Windows\CurrentVersion\Policies\System
३ दाँया भागमा Right क्लिक गरेर New DwordValue बनाउनुस् र नाम राख्नुस् DisableTaskMgr
४ Task Manager Enable गर्नको लागि Value लाई 0 राखी दिनुस्
५ Disable गर्न को लागि Value 1 राख्नुस्

Desktop Cleanup Wizard लाई कन्ट्रोल गर्ने
Default मा Desktop Cleanup Wizard को पप अप हरेक ६० दिन पछि तपाईंको Desktop मा आउने गर्छ , यसलाई हटाउन चाहनु हुन्छ भने
१ Desktop मा Right क्लिक गर्नुस्
२ Properites मा जानुस्
३ Desktop Tab मा क्लिक गर्नुस्
४ Customize Desktop Button मा क्लिक गर्नुस्
५ Desktop Cleanup Wizard मा भएको टिक मार्कलाई हटाइदिनुस्

Internet Explorer बाट File Menu लाई लुकाउन चाहनु हुन्छ भने
१ Start \ Run \ Regedit
२ HKEY_CURRENT_USER\Software\Microsoft\Windows\CurrentVersion\Policies\Explorer
३ दाँया भागको खाली ठाउमा Right क्लिक गरी New Binary Value मा क्लिक गर्नुस् र नाम राखी दिनुस् NoFileMenu
४ Value लाई 01 00 00 00 राखी दिनुस्
५ कम्प्युटरलाई Reboot गर्नुस्

Wednesday, March 16, 2011

कुकुरले बिरालोलाई किन लखेट्छ ?

कुकुरले सामान्यतः बिरालोलाई लखेट्ने भए पनि देख्नेबित्तिकै लखेट्छ भन्ने धेरैको धारणा गलत हो । कुकुर र बिरालोलाई परम्परागत शत्रु मानिन्छ । 'कुकुर-बिरालोको झगडा' भन्ने उखान त नेपालीहरूमाझ प्रख्यात नै छ । झट्ट हेर्दा यस्तो लाग्छ कि कुकुरले बिनाकारण आफ्नै काममा मस्त बिरालोलाई लखेट्छ । तर यसमा पनि वैज्ञानिक रहस्य लुकेका छ । र, यो वैज्ञानिक रहस्य जीवको क्रमविकाससँग सम्बन्धित छ ।
कुकुर प्राकृतिक रूपमा शिकारी जीव हो । 10 हजार वर्षभन्दा पहिले मानवसमाजले यसलाई घरपालुवा बनाउनुभन्दा अगाडि कुकुर शिकार गर्थ्यो । प्राकृतिक रूपमा प्राप्त हुने शिकार गर्ने कलाको प्रयोग गरेर सामुहिक रूपमा शिकार गर्ने कुकुर सफल शिकारी थियो । शिकार गर्ने प्राकृतिक रूपमा प्राप्त कलाहरूमध्ये कुनै वस्तु वा जीवको चालद्धारा उत्तेजित हुने व्यवहार पनि एक हो । त्यसैले कुकुर बिनाकारण बिरालोमाथि जाइलाग्ने नभई बिरालोको चालले उसलाई उत्तेजित पार्नाले हो ।


यस्तो पनि हुन्छ

तपाईले कुकुरलाई देखाएर कुनै खेलौना पर फाल्नुभयो भने त्यस खेलौनाको चालले गर्दा उत्तेजित भई त्यसलाई शिकारको रूपमा लिएर त्यो खेलौनालाई 'मार्न' खोज्छ किनभने कुकुरले प्र
कृतिकै चालबाट उत्तेजित हुने व्यवहार सिकेको हुन्छ । त्यसैले बिरालो आफ्नै काममा मस्त भई यताउता गरिरहँदा कुकुरको ध्यान उसप्रति आकर्षित हुन्छ र बिरालोको चालले उसलाई उत्तेजित तुल्याउँछ ।